इटहरीः मोरङको विराटनगर–९ रंगेली रोड ग्रीनक्रस अस्पताल परिसरमा रहेको नेपमेड्स क्लिनिकले काठमाडौंका ख्यातिप्राप्त डाक्टरको सेवा विराटनगरमा सुरु गर्न लागेको छ ।

नेपमेड्सले नेपाल मै चर्चित इन्डोक्राइनलोजिस्ट डा. अंशुमाली जोशीको सेवा विराटनगरमा सुरु गर्न लागेको हो । मधुमेह , थाईराइड तथा हर्मोन सम्बन्धि विशेषज्ञ जोशीले यही फाल्गुन २७ र २८ गतेका दिन विराटनगरको रंगेली रोड ग्रीनक्रस अस्पताल परिसरमा रहेको नेपमेड्समा सेवा दिनेछन । भारतको नयाँ दिल्लीस्थित प्रतिष्ठित एम्स अस्पतालबाट डीएम गरेका जोशीले काठमान्डौमा सेवा दिदै आएका छन् । नेपालका चल्तीका इन्डोक्राइनोलोजिष्टहरुको नाम लिने बितिकै डा जोशीको नाम अग्रपंक्तिमा आउने गर्दछ । काठमाडाँै, पोखरा, चितवन, बुटवल लगायतका स्थानमा डाक्टर जोशीले सेवा दिइरहेका छन् ।

अब विराटनगरमा डाक्टर जोशीको सेवा सुरु भएपछि प्रदेश नम्बर १ का बिमारीले विशिष्ट सेवा प्राप्त गर्नेछन् । डा. अंशुमाली जोशीको सेवा लिन अग्रिम नाम दर्ता गराउनुपर्ने नेपमेड्सका सञ्चालक सुभाष भण्डारीले जानकारी दिए ।