इटहरीः वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मनोजगोविन्द लाखेले इटहरीका बिरामीलाई भोलिदेखि दैनिक रुपमा सेवा दिने भएका छन् ।
इटहरीको टेङ्ग्रा पुलबाट उत्तरतर्फ रहेको वेदान्त हस्पिटल प्राइभेट लिमिटेडसँग आबद्ध भई डा.लाखेले दैनिक रुपमा उपचार सेवा प्रदान गर्ने भएका हुन् । अस्पतालका प्रबन्ध निर्देशक इन्द्र श्रेष्ठले मुटुरोगको भरपर्दो उपचारका लागि अनुभवी चिकित्सकको सेवा आफ्नै शहरमा उपलब्ध हुने भएपछि विराटनगर वा धरानदेखि काठमाडौँसम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएको बताए । अस्पतालले मुटुरोग पहिचानका लागि गरिने भिडियो एक्स रे, इसीजीजस्ता ल्याब परीक्षणको शुल्कमा २० प्रतिशतसम्म छुट दिने योजना ल्याएको सञ्चालक श्रेष्ठको भनाइ छ ।