इटहरीः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कोरोना विरुद्धको खोप लगाएका छन् ।
प्रदेशसभा सचिवालयमा आज आयोजित खोप वितरण समारोहमा सहभागी भई मुख्यमन्त्री रार्ईले खोप लगाएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताए । उनका अनुसार सचिवालयमा कार्यकरत कर्मचारी तथा प्रदेशसभा सदस्यहरुले पनि आज कोरोना विरुद्धको खोप लगाएका छन् । खोप लगाउन प्रदेशसभा सचिवालयमा उपस्थित भएका मुख्यमन्त्री राईले कोरोना विरुद्धको खोप लगाई महामारीबाट बच्न सबै प्रदेशवासीलाई अनुरोध गरेका थिए ।