इटहरीः नेपाली लोक गीत संगीतमा एक चर्चित नाम गायक प्रताप दास र नवगायिका जानुका लामिछानेको नयाँ गीत मस्की मस्की डि ए आर मुभिज एंड फिल्म्स इ प्रा लि को आधिकारिक युट्युब च्यानलबाट बजारमा आएको छ ।

गीतमा शब्द र संगीत अहिलेका व्यस्त तथा नेपाली संगीतका अदृश्य कलाकार प्राभावन जेको रहेको छ र भिडियामा सुधीर श्रेष्ठ र नायिका वर्षा राउतको अभिनय रहेको छ, ज्ञानेन्द्र शर्मा हुमागाँईको छायांकन रहेको भिडियोको सम्पादन डिन्सन शाहले, मेकअप माही सिंह, चरित्र निर्देशन राजाराम गौतम, व्यवस्थापन विवेक चौलागाई, उत्पादन नियन्त्रण श्याम धिताल, नृत्य निर्देशन माधव श्रेष्ठले गरेका छन् भने भिडियोको निर्र्देशन स्वयम् प्रभावन जे ले गरेका हुन् ।

नवगायिका जानुका लामिछानेको अन्य गीतको पनि तयारी रहेको र छिट्टै क्रमबद्ध रूपमा आउने डी ए र मूभिज का राजाराम गौतमले बताएका छन् । डि ए आर मुभिज र प्रभावन जेको टिम नयाँ कलाकारहरुलाई प्रोत्साहन र पुरानालाई सम्मान भन्ने मूल नारासहित नयाँ तथा पुराना कलाकारलाई समेटी अगाडि बढ्ने कोसिसमा रहेको जानकारी कम्पनीका प्रतिनिधि तथा कलाकार घमेश दुलालले बताए ।