इटहरीः गायक रामकृष्ण ढकालको स्वरमा रहेको उकालीको त्यो पल्लो डाडाँ बोलको गीत सार्वजनिक भएको छ ।

भिडियोमा खोटाङको रावाबेँशी गाउँपालिकाको वडा न. १ मा पर्ने कुभिण्डेको रमणीय दृश्यहरुलाई कैद गर्दै माओवादी द्वन्द्वकालको घटनालाई चित्रण गरिएको छ । गीतकार साजन श्रेष्ठको शब्द, अशोक थापाको संगीत रहेको उक्त गीतमा कलाकार मोहन चाम्लिङ, कनन खालिङ, शीला गजुरेल, रामकुमार बान्तवा, विशाल राई मनोज खालिङका साथै अन्य स्थानीय कलाकारहरुको समेत अभिनय रहेको छ ।

कुमार गजुरेलको निर्देशन रहेको यस गीतको भिडियोमा बाल मनोविज्ञानमा आधारित माओवादी द्वन्द्वकालको घटना र त्यसको असरलाई अत्यन्त कलात्मक ढंगले प्रस्तुत गरेका गरिएको छ । यस गीतमा रामेश्वर हुमागाईको छायांकन, तारा थापा किम्भेको सम्पादन रहेको छ । वाउ पिक्चर को ब्यानरमा निर्मित यस गीतको भिडियोमा कृयटिभ डाइरेक्टरको रुपमा मोहन चाम्लिङ रहेका छन् । यो गीत साइराम पिक्चरको युटुब च्यानलबाट सार्वजनिक भएको छ ।