इटहरीः सञ्चारकर्मी विष्णु ठकुरी र कलाकार अनुमति नेपालीको अभिनयमा म्युजिकल स्टोरी नाम दिइएको म्युजिक भिडियो “मनै फाट्यो नि” सार्वजनिक भएको छ ।

धादिङको धुनिबेँसी घर भएका ठकुरीलाई विभिन्न टेलिचलचित्रहरुमा समेत चर्चा कमाएकी कलाकार अनुमति नेपालीले साथ दिएकी हुन् । कोरोना भाइरस पोजेटिभ देखिएपछि यथार्थ कुरालाई अन्य कुरासँग जोड्दा भएको घटनाहरुलाई भिडियोमा देखाइएको छ । गीतमा प्रेम र बिछोडका कुरा प्रस्तुत गरिएको छ । भिडियो धादिङका विभिन्न स्थानमा छायांकन गरिएको छ । गीतको भिडियोमा उदयराज शर्माको छायांकन, सम्पादन र निर्देशन रहेको छ भने सुधा भण्डारी वाग्ले यसका निर्माता हुन् ।

रमाकान्त वाग्लेको शब्द तथा स्वर रहेको उक्त गीतमा विकास चौधरीको संगीत र संगीत संयोजन रहेको छ । भिडियोको मिडिया पार्टनरको रुपमा नागरिकपाटी डटकम, एनआरएन टिभी शो र रेडियो राजमार्ग ९२.१ मेगाहर्ज रहेको छ । भिडियो सिने सँगालो नामक युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।