इटहरीः लोकप्रिय गायक तथा सर्जक बिमल डाँगीको लय र गणेश चौलागाईंको शब्दमा भर्खरै मात्र अत्यन्त मनछुने गीत “कदम कदममा” सार्वजनिक भएको छ ।

डोल्पा जिल्लामा जन्मिएर नेपाली गीत संगीतको समृद्धिका निमित्त जुर्मुराइरहेका गायक तथा सर्जक बिमलका थुप्रै गीतहरु सामाजिकस्तरमा लोकप्रिय रहेका छन् । त्यसगरी स्थायी घर दैलेख भएका अर्का सर्जक गणेश चौलागाईंका सिर्जनाहरु पनि असंख्य श्रोता तथा दर्शकहरुको उच्च रोजाइ बन्ने गरेका छन् । “कदम कदममा” बोलको गीतमा पूर्णकला बी.सी र सुन्दर परियारको सुमधुर स्वर सुन्न सकिन्छ ।

यस गीतको म्युजिक भिडियोमा विनोद भण्डारी र रुबिना अधिकारीको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन मोडल स्वयम् विनोद भण्डारीले गरेका हुन् भने छायांकन राजेश घिमिरे र सम्पादन मनोज कार्कीले गरेका छन् । प्रस्तुत गीत सुन्दर परियारको नाममा सार्वजनिक भएको हो ।