इटहरीः मुना गौचन एक उदाउदै गरेकी नेपाली मोडेल हुन् । उनले मोडेलिङ्ग क्षेत्रमा नेपालमा राम्रो स्थान हासिल गरेकी छन् । सहायक पात्रको भूमिकामा समेत मुना गौचनले काम गरिसकेकी छन्।

उनले चपली हाइट २ मा नै पहिलो सहायक भूमिका निर्बाह गरेकी हुन् । सिने क्षेत्रमा भन्दा उनि नेपालमा मोडेलकै उपनामले परिचित छिन् । उनि मिस इको इन्टरनेशनल २०१९ हुन् भने क्लासिक डाइमन्डको ब्रान्ड एम्बेसेडर समेत हुन् । उनले बियूटी पीजेंट्स अन्तर्गत विभिन्न विधामा पुरस्कार जितिसकेकी छिन् भने विभिन्न र्याम्प वकमा सहभागिता रहेकी छिन् । विभिन्न समयमा उनले विभिन्न तस्बिर इन्स्टामा सार्बजनिक गरिरहेकी हुन्छिन् । चलचित्र ‘जालो’ नामक चलचित्रमा अभिनय गरेकी मुना गौचन मोडलिङको दुनियाँमा लोकप्रिय नाम हो । उनले अभिनय गरेको फिल्म ‘जालो’ त खासै चलेन तर मुनाको चर्चा भने फिल्म वृत्तमा राम्रै भयो। उनले आफूलाई यो क्षेत्रका स्थापित गर्न निरन्तर लागिपरेकी छिन्। मुनालाई केही विज्ञापनमा पनि देख्न सकिन्छ । मिस इको नेपाल २०१९’ विजेता मुना गौचन सामाजिक सञ्जालमा पनि उत्तकै सक्रिय रहने गर्छिन्। ‘जालो’ बाट अभिनयका कारण राम्रै चर्चा पाए पनि उनी अन्य फिल्ममा भने देखिएकी छैनिन् । सामाजिक सञ्जालमा मुनाले निकै हट तस्वीरहरू शेयर गर्ने गर्छिन् ।

model2 1 model1 2 model8 model9 1 model3 1 model10 1

‘फेस अफ क्लासिक डायमंड २०१७’ र ‘मिस इको नेपाल २०१९’ विजेता मुना गौचन ‘आकाशै को’ बोलको गीतको म्युजिक भिडिओ मार्फत कमब्याक गरेकि छन् । ट्री इन्टरटेन्मेन्टको लगानीमा मदानी क्रिएसनले प्रडक्सन गरेको यस भिडियोलाई दिपेश सापकोटाले निर्देशन गरेका हुन् । भिडिओ कार्तिक २४ गते ट्री इन्टरटेन्मेन्टकै युट्युब च्यानल मार्फत रिलिज भएको छ । उक्त गीतमा विश्व नेपाली र अस्मिता परियारको स्वर, आनन्द राईको संगीत, गोपाल रसाईलीको संगीत संयोजन र डा. राजु बाबु श्रेष्ठको शब्द रचना छ । भिडिओमा मुनासँग अभिनयमा रोचक जोशी पनि देखिएका छन् । ‘एम एण्ड एस’ म्यागजिन मार्फत सन् २०१५ मा मोडलिङ सुरुवात गरेकी मुनाले ‘टिजीआईएफ फेसन विक २०१६’ मा पनि सहभागिता जनाएकी थिइन् । अन्य धेरै म्यागजिनको लागि कभर फोटोशुट गरिसकेकी मुनाले एनसेल को विज्ञापन मार्फत डेब्यु गरेकी थिइन् । त्यसपछि उनले ‘नेपाल आइस’ लगायत दर्जनौँ विज्ञापन खेलीसकेकी छन् भने भारतमा पनि ल्याक्मे, लोरियर, अमेजन लगायत विज्ञापनमा अभिनय गरेकी छन् । गएको मार्चमा उनी ‘रंग लगाया तुने’ बोलको हिन्दि गीतको भिडिओमा पनि देखिएकी थिइन् । केही फिल्ममा समेत कुशल अभिनय क्षमता प्रस्तुत गरिसकेकी मुना कोभिड १९ महामारीपछि नेपाल फर्केकी हुन् । फर्किएलगत्तै उनले ‘आकाशै को’ भिडिओमा आबद्ध भएर कमब्याक गरिन् । हाल उनी केही विज्ञापन र केही फिल्म स्क्रिप्टहरु पनि पढिरहेकी छिन् ।

model5 model4 model6 model7 model9 model10 model12 model14 1

-केटीएम दैनिक डटकमबाट