इटहरीः गायक रुपक खनालको स्वरमा ‘हरेक क्षण’ बोलको गीत सार्वजनिक भएको छ ।

प्रेमील जोडीबीचको आकर्षणको भाव प्रकट भएको सो गीतमा इटहरीका बैंकर तथा मोडल रिजन लम्सालको अभिनय रहेको छ । मुक्तिनाथ विकास बैंकको इटहरी शाखा कार्यालयमा कार्यरत रिजनलाई मोडल विद्या घिमिरेले अभिनयमा साथ दिएकी छन् । प्रेम घिमिरेको लय र संगीत रहेको भिडियोलाई दिनेश न्यौपानले अरेन्ज गरेका हुन् भने यसका मिक्सिङ मास्टर पनि न्यौपाने नै रहेका छन् । संगम स्टुडियोमा तयार भएको यो भिडियोको छायांकन, सम्पादन तथा निर्देशन अनिल कटुवालले गरेका हुन् ।

भिजुअल स्टुडियोले प्रस्तुत गरेको यो भिडियो भिजुअल स्टुडियोकै आधिकारिक युट्युब च्यानलमार्फत् डिजिटल बजारमा सार्वजनिक भएको हो । भिडियो प्रेमिल जोडीको एक अर्काप्रतिको आकर्षणलाई सुन्दर ढङ्गले चित्रण गरिएको निर्माण पक्षले जनाएको छ ।