मस्कोः रुसी विपक्षी दलका नेता अलेक्सी नाभाल्नीले कारागारमै आमरण अनसनको घोषणा गरेका छन् ।

आफ्नो स्वास्थ्य बिग्रिएपनि उचित उपचारको व्यवस्था नभएको भन्दै नाभाल्नी अनसनमा बस्नु भएको बीबीसीले जनाएको छ । कम्मर र गोडामा समस्या भएपनि उपचारको व्यवस्था नभएको भन्दै उनले कारागार प्रशासनको आलोचनासमेत गरेका छन् । ४४ वर्षिय नाभाल्नी गत अगस्टमा जर्मनीबाट फर्किएलगत्तै कारागार चलान गरीएको हो । नाभाल्नीलाई राजधानी मस्कोनजिकै रहेको कारागारमा राखिएको छ । तर कारागारका सुरक्षा अधिकारीहरुले भने नाभाल्नीले उपचार गर्न अस्वीकार गरेको दाबी गरेका छन् । नाभाल्नीको आरोपको सरकारी अधिकारीहरुले समेत अस्वीकार गरेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमीर पुटिनका कडा आलोचक नाभाल्नीलाई गत महिना एक अपहरणको मुद्दामा दुई वर्ष ८ महिनाको काराबास सजाय सुनाइएको थियो । यता विभिन्न मानवअधिकारवादी संस्थाहरुले भने नाभाल्नीका लागि तोकिएको सजाय राजनीतिक प्रतिशोधका कारण भएको भन्दै पुटिन सरकारको आलोचना गर्दै आएका छन् । -एजेन्सी