इटहरीः मोरङको सुनवर्षी नगरपालिकास्थित बरडगा स्वास्थ्य चौकीमा आज एकदिने आँखा शिविर सम्पन्न भएको छ ।

विराटनगरस्थित रामलाल गोल्छा आँखा अस्पताल र संकल्प फाउन्डेसनको संयुक्त आयोजनामा सम्पन्न आँखा शिविरमा एक सय ३६ जनाको निःशुल्क आँखा जाँच गरिएको संकल्प फाउन्डेसनकी अध्यक्ष अमिता यादवले बताइन् ।

उनका अनुसार नेपाली काँग्रेसका नेता डा.मीनेन्द्र रिजाल, सुनवर्षी नगरपालिकाका मेयर कालीप्रसाद दास, प्रदेश १ का प्रदेशसभा सदस्य शिवनारायण सिंह, नेपाली काँग्रेसका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बूलगायतको उपस्थितिमा शिविर सम्पन्न भएको हो ।

aankha shivir2