इटहरीः लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा नयाँ गीत ’काँडा’ को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

गीतकार विन्दुप्रसाद अधिकारीको शब्द तथा सुप्रसिद्ध संगीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको गीत ’काँडा’ को म्युजिक भिडियो अहिले चर्चामा रहेको छ । प्रवासमा बसेर डिजिटल माध्यममार्फत् म्युजिक भिडियो निर्देशन गर्न खप्पिस भिडियो निर्देशक हिराकाजी थापाको निर्देशन रहेको म्युजिक भिडियोलाई गौरव गिरीले कोरियोग्राफी गरेका छन् ।

त्यसैगरी, भिडियोलाई दीपक गिरीले छायांकन गरेका छन् भने श्याम कुँवरको सम्पादन रहेको छ । सार्वजनिक भिडियोमा भद्रजंग कुँवर, समीक्षा बस्नेत, संगम पाण्डे र आरति आले मगरलाई फिचर्ड गरिएको छ । निर्मातासमेत रहेका हिराकाजी थापाले भिडियो निर्माण गरेका हुन् ।