इटहरीः आगामी वर्षको वैशाख ६ र ७ गते देशभर भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुने भएको छ ।

कार्यक्रमबाट ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि वितरण गरिने संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कार्यक्रमका क्रममा ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई बाल भिटासमेत वितरण गरिने मन्त्रालयको भनाइ छ । कोरोना संक्रमणका बीच सञ्चालन हुन लागेको भिटामिन ‘ए’ कार्यक्रममा स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गर्ने मन्त्रालयको तयारी छ ।

मन्त्रालयका अनुसार एक घण्टामा १० जनाभन्दा बढी बालबालिकालाई मात्र भेला पारी क्याप्सुल वितरण गर्ने व्यवस्था सुनिश्चित गर्न मन्त्रालयले मातहतका सबै प्रदेश कार्यालयहरुलाई निर्देशन दिएको छ ।