इटहरीः मोरङको विराटनगर महानगरपालिकास्थित कोसी अस्पतालको कोभिड उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमित महिलाको आज बिहान ४ः३० बजे ज्यान गएको छ ।

मृत्यु हुनेमा विराटनगर ४, बरगाछि घर भएकी ४६ वर्षीया महिला रहेको अस्पतालका निमित्त संयोजक एपोलो भगतले जानकारी दिए । उनका अनुसार स्वास्थ्यमा समस्या आएपछि उपचारार्थ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल पुगेकी महिलामा कोरोना पुष्टि भएपछि बुधबार दिउँसो ४ बजे अस्पतालले उनलाई कोभिड उपचार केन्द्रमा रिफर गरेको थियो । मृतकको शव नियमानुसार व्यवस्थापनको तयारी भइरहेको बताउँदै भगतले मृतक महिलाका पतिमा पनि कोरोना संक्रमण देखिएकाले कोभिड उपचार केन्द्रमै भर्ना गरी उपचार सुरु गरिएको जानकारी दिए ।