इटहरीः पछिल्लो २४ घण्टामा नेपालमा आठ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएका पाँच हजार तीन सय ३३ स्वाब नमुनाको पीसीआर परीक्षणबाट सात सय ६८ जना र ६ सय ७१ एन्टिजेन परीक्षणबाट ७१ जना संक्रमित पहिचान गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा हालसम्म कुल दुई लाख ८३ हजार ६ सय ५८ पुगेको मन्त्रालयको तथ्याङ्क छ । २४ घण्टाको अवधिमा दुई सय २६ जना संक्रमित निको भएपछि देशभर कुल दुई लाख ७५ हजार ३८ जनाले कोरोनालाई परास्त गरेको मन्त्रालयको अभिलेख छ ।

कोरोना संक्रमणकै कारण आज देशभर पाँच जना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै देशभर हालसम्म तीन हजार ७५ जना कोरोना संक्रमितको ज्यान गइसकेको छ । हाल देशभर पाँच हजार पाँच सय ४५ जना आइसोलेसनमा र ७४ जना संक्रमित क्वारेन्टाइनमा रहेका छन् ।