इटहरीः प्रदेश १ मा आज ३९ जना कोरोना सङ्क्रमित फेला परेका छन् ।
संक्रमितमध्ये मोरङका १८, सुनसरीका ११, झापाकाा ८, इलाम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १६, रतुवामाई र पथरीशनिश्चरेमा १–१, सुनसरीको धरानमा ५, इटहरीमा ४ र रामधुुनीमा २, झापाको विर्तामोडमा ४, भद्रपुरमा २, गौरादह र अर्जुनधारामा १–१, इलामको सुर्योदय र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयको तथ्याङ्क छ ।
हालसम्म प्रदेश १ मा कुल दुई सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । प्रदेश १ का विभिन्न प्रयोगशालामा आज गरिएका दुई सय ४३ स्वाब नमुनाको पीसीआर परीक्षणबाट २३ जना पुरुष र १६ जना महिला गरी ३९ संक्रमित पहिचान गरिएको हो । ३९ जना संक्रमितमध्ये १६ जना विराटनगर महानगरपालिका क्षेत्रका रहेका छन् ।