इटहरीः पछिल्लो २४ घण्टामा नेपालभर एक हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पाँच हजार ७८३ वटा नमुनाको परीक्षण (पीसीआर ५,०८४ र एन्टिजेन विधिबाट ६९९) बाट एक हजार ९६ जना संक्रमितको पहिचान भएको संघीय सरकारको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख आठ हजार ६७३ पुगेको मन्त्रालयको तथ्याङ्क छ । संक्रमितमध्ये पछिल्लो २४ घण्टामा आठ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म देशभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या तीन हजार ८३ पुगेको छ ।

आज देशभर दुई ६२ जना संक्रमित निको भएका छन् । हालसम्म दुई लाख ७५ हजार तीन सय जनाले कोरोनालाई परास्त गरिसकेको मन्त्रालयले जनाएको छ । हाल देशभर ६ हजार दुई सय ९० जना सक्रिय संक्रमितहरु उपचाररत रहेको र ८५ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।