इटहरीः प्रदेश नम्बर १ मा आज ५५ जनामा कोरोना कोरोना संक्रमण देखिएको छ ।

प्रदेशका विभिन्न प्रयोगशालामा आज गरिएका तीन सय २५ स्वाब नमुनाको पीसीआर परीक्षणबाट ५५ जना संक्रमितको पहिचान भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये पुरुषको संख्या ३३ रहेको छ भने महिलाको संख्या २२ रहेको छ । आज पहिचान गरिएका संक्रमितमध्ये मोरङका २९, झापाका १७, सुनसरीका तीन र प्रदेश १ बाहिरका ६ जना रहेका छन् । प्रदेश राजधानी विराटनगरमा आज फेला परेका संक्रमितको संख्या सर्वाधिक २४ जना रहेको छ । जसमध्ये पुरुषको संख्या १४ र महिलाको संख्या १० जना रहेको छ । यसैगरी, मोरङकै सुन्दरहरैचामा दुई तथा बुढीगंगा, बेलबारी र कटहरीमा एक एक जना संक्रमित फेला परेका छन् ।

यस्तै, झापाको बिर्तामोडमा पाँच, कन्काई र भद्रपुरमा तीन तीन, दमक र मेचिनगरमा दुई दुई, अर्जुनधारा र झापा गाउँपालिकामा एक एक जना संक्रमित भेटिएका छन् । यता, सुनसरीको इटहरी, देवानगञ्ज र बराहक्षेत्रमा एक एक जनामा संक्रमण देखिएको छ भने प्रदेश १ बाहिरका ६ जना संक्रमणको शिकार भएका छन् । यसका साथै प्रदेश १ मा हालसम्म कुल ३० हजार सात सय दुई जनामा कोरोना संक्रमण भइसकेको छ । सक्रमितमध्ये हालसम्म २९ हजार नौ सय ११ जना निको भएका छन् भने हाल प्रदेशभर तीन सय १९ जना सक्रिय संक्रमित रहेका छन् ।