बेलबारीः प्रविधिमा फड्को मार्दै गएको बेलबारीले विद्यार्थीहरुलाई चकको धुलोबाट मुक्त गराएको छ ।

धेरैतिर विद्यालय तथा क्यापसहरुमा अझै पनि चक र डस्टरको प्रयोगबाट पठनपाठन भइरहेका बेला बेलबारीले भने प्रविधिको प्रयोग गर्दै पठनपाठन गराइरहेको छ । प्रोजेक्टर तथा स्मार्ट बोर्डको प्रयोगबाट विद्यार्थीहरुलाई पठनपाठन गराइएको हो । हिजो सोमबार मात्र बेलबारी बहुमुखी क्यापसलाई ल्यापटप, कम्प्युटर तथा प्रोजेक्टर वितरण गरीएको छ ।

IMG_0829

बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले तीन थान ल्यापटप, तीन थान प्रोजेक्टर र एक थान कमप्युटर हस्तान्तरण गरेका हुन् । एक कार्यक्रमबीच क्यापस प्रमुख खगेन्द्र लुइँटेललाई नगर प्रमुख सुवेदीले उक्त सामग्रीहरु हस्तान्तरण गरेका हुन् । शैक्षिक सामग्री हस्तान्तरण गर्दै नगर प्रमुख सुवेदीले समयको माग अनुसार चल्न सिक्नुपर्ने बताए ।