इटहरीः नेपाली लोकदोहोरी गीत संगीतमा बालबालिकाको स्वरमा रहेका गीतहरु पछिल्लो समय निकै चर्चामा रहेका छन् ।

११ वर्षीया बाल गायिका सगुन आचार्य र गायक अर्जुन पन्तको आवाजमा रहेको ‘गल्ति के थियो खै’ गीतको भिडियो न्यु अन्जना डिजिटल मिडिया प्रालिको अफिसियल युट्युबमार्फत सार्वजकि भएको छ । सानो बालापनको मायालाई गीतमा समेटिएको छ । अर्जुन पन्तको शब्द तथा लय सिर्जना रहेको छ ।

दीपक गिरीको छायांकन तथा निरञ्जन केसीको सम्पादन गीतमा रहेको छ । ‘गल्ति के थियो खै’ गीतको भिडियोमा अशोक पौडेल, सरला मरढा, अर्जुन पन्त र बालक अपर्ण परियार र खुसी उप्रेतिको अभिनय रहेको छ ।