इटहरीः कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सुनसरीको इटहरी उपमहानगरपालिका २०, तरहरास्थित एनएमबी बैंकको शाखा कार्यालय बन्द गरिएको छ ।

कार्यालयमा कार्यरतमध्ये पाँच जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंकको सेवा बन्द गरिएको हो । इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठका अनुसार मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा केही दिनअघि गरिएको पीसीआर परीक्षणबाट बैंकका कर्मचारी संक्रमित भएको पत्ता लागेको हो ।

उनका अनुसार संक्रमित कर्मचारीको पीसीआर रिपोर्ट नेगेटिभ नआएसम्मका लागि बैंकको सेवा बन्द गरिएको छ भने सर्वसाधारणलाई सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरी सुरक्षित रहन अनुरोध गरिएको छ ।