इटहरीः सुगम संगीतमा निकै रुचाइएका गायक प्रमोद खरेलको आवाजमा रहेको ‘प्रेमको चिनो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

प्रेम र रोदनलाई गीतमा मार्मिक रुपमा प्रस्तुत गरिएको छ । मायामा पाएको चोटलाई गीतकारले निकै भावुक रुपमा प्रस्तुत गरेका छन् । डी. आर.लामिछानेको शब्द तथा लक्ष्मण शर्माको संगीत संयोजन गीतमा रहेको छ । जीवनमा पाएको चोटहरुलाई गीतमा व्यक्त गरिएको छ । दीपक गिरीको छायांकन, निरन्जन केसीको सम्पादन तथा निशान एस के को निर्देशन भिडियोमा रहेको छ । ‘प्रेमको चिनो’ गीतको भिडियोमा समिर खान र उषा उप्रेतिको अभिनय रहेको छ ।