“आजका स्मार्टफोनको क्यामेराले बीस वर्ष अगाडि झन्डै ८ हजार डलर हालेर किनेको वास्तविक क्यामराभन्दा राम्रा तस्बिरहरु निकाल्छ,” अकल्यान्डस्थित प्रोफेसनल फोटोग्राफर टम आङ भन्छन् ।

अहिले हाम्रा स्मार्टफोनमा जडान क्यामेरा यति राम्रो गुणस्तरमा आइसकेका छन् कि धेरै युवाहरुलाई पहिलेको रिलवाला क्यामरा कल्पना गर्नसमेत अनौठो लाग्न थालिसकेको छ । आङलाई भने अझै पनि उनको हाइ–एन्ड डीएसएलआर क्यामरा नै प्यारो छ । तर प्रायः मानिसहरु जीवनका यादगार क्षणहरु कैद गर्न स्मार्टफोनकै फोटो या भिडियोमा निर्भर छन् । जसमा पनि अझै धेरै सुधारहरु आवश्यक रहेको प्राविधिक बताउँछन् । किनकि अधिकांश स्मार्टफोनहरुले तौल र आकारका हिसाबले ठूलो अनि भारी लेन्स प्रणालीको प्रयोग गरिरहेका छन् जसले फोनको पछाडि पट्टीको ‘स्लिम’ डिजाइन नै बिगारिदिन्छ । त्यसैले अबको नजिकी भविष्यमा लेन्स प्रणालीमा ठूलो परिवर्तन आउने निश्चित छ । जसमा क्यामराको जुम गर्ने लगायत थुप्रै फिचरहरुमा सुधार ल्याउनाले तस्बिरहरु उज्यालो आउन सक्नेछ भने उता फोनमा लेन्सले कम ठाउँ ओगट्नेछ अनि तौल पनि बढी हुनेछैन । जस्तै कि अहिले हामीले स्मार्टफोनको क्यामराबाट जुम गर्दा औलाले स्क्रिन तन्काउनुपर्ने हुन्छ ।

त्यसो गर्नाले फोनको सफ्टवेयरले फ्रेम काटिदिन्छ अनि तस्बिरको गुणस्तर नराम्रो हुँदा फोटो धमिलो र फाटिएर आउने गर्दछ । यसैको समाधानमा अहिले क्यानडाको ओन्टारियोस्थित ‘एट स्कोप्स फोनोनिक्स’ ले सबै प्रकारका तस्बिरको गुणस्तरमा गिरावट नल्याइकन जुम गर्न मिल्ने र जति क्लोज–अप लिए पनि तस्बिर प्रष्ट हेर्न सकिने लेन्स निर्माणको काम गरिरहेको छ । कम्पनीका प्रमुख होल्डेन बेग्स र उनको टोलीले ‘लिक्वीड क्रिस्टल’ किसिमको प्रविधि हासिल गर्न खोजिरहेका छन् जुन ‘लिक्वीड क्रिस्टल डिस्प्ले’, एलसीडी पछि लोकप्रिय हुन पुगेको हो । यसमा उनीहरुले जुम लेन्स प्रणाली जस्तै इफेक्ट प्रयोग गर्ने प्रयास गरिरहेका छन् । स्कोपको प्रणालीले एउटै लेन्सबाट जुम इन र आउट गर्न सकिन्छ र धेरैवटा लेन्सको आवश्यकता नपर्ने बताएको छ । २०२० जेम्स डाइसन अवार्डको अन्तर्राष्ट्रिय रनर अपले पनि अहिले लेन्स प्रणालीको प्रोटोटाइप निर्माण गरि पहिले मेडिकल डिभाइसमा प्रयोग गर्ने र आगामी तीनवर्ष भित्र सो लेन्सलाई स्मार्टफोनमा ल्याउने लक्ष्य राखेको बताएको छ ।

बेग्स भन्छन्, “म सजिलैसँग भन्न सक्छु कि हाम्रो लिक्वीड क्रिस्टल मार्फत दश गुणा जुम फिचर प्राप्त गर्न सकिनेछ । तर यो इनोभेसनले धेरै अवसरहरु प्रदान गर्दछ त्यसैले अबको केही वर्षमा हामी कहाँ पुग्नेछौँ भन्न सकिँदैन ।” उता क्याम्ब्रिजमा अर्को एक स्र्टाट–अप कक्पनी पनि स्मार्टफोन पछाडिको ‘क्यामरा बम्प’ हटाएर तस्बिरहरु पनि प्रष्ट अनि उज्यालो आउने बनाउन चाहन्छ । हाम्रो फोनमा अहिले प्रयोग हुने लेन्समा प्लास्टिक र सिसाका पूर्जाहरुमा ‘इमेज सेन्सर’ जडन गरिएको हुन्छ । तर मेटालेन्जको डिजाइनमा चाहिँ एउटा सिङ्गो लेन्स केबल तीन वर्ग मिलिटिरको एउटा ग्लास वेफरमा निर्माण गरिएको हुनेछ । यसको ‘सिलिकन नानोस्ट्रक्चर’ ले प्रकाशका किरणहरुमा फेरबदल गराइ तुलनात्मक रुपमा तस्बिरलाई धेरै उज्यालो र स्पष्ट पारिदिनेछ । अमेरिकाको उटाहका अनुसन्धानकर्ताको एउटा टोलीले यसअघि एप्पलको आइफोन ११ लेन्स भन्दा सय गुणा हलुका र हजार गुणा पातलो लेन्स निर्माण गरेको थियो ।

उटाह युनिभर्सिटीमा इलेक्ट्रिल एण्ड कम्प्युटर इन्जिनियरिङका प्रोफेसर राजेश मेनोनकाअनुसार अहिलेका फोनको क्यामरामा हुने सबैभन्दा साधारण समस्या भनेको ‘आउट–अफ–फोकस’ जानु हो जसलाई सच्याउनकै लागि अतिरिक्त लेन्स आवश्यक पर्ने हुँदा फोनमा दुईतीनवटा लेन्स जडान गर्नुपर्ने हुन्छ । तरपनि स्मार्टफोनको क्यामरालाई प्रतिस्पर्धा गर्ने एउटा वास्तविक अप्टिकल जुम राख्दा, यसलाई प्रयोगमा ल्याउन भने धेरै बाधा हुने आङ बताउँछन् । किनकि मानसिहरुलाई एउटा साधारण स्मार्टफोनको क्यामरा चलाउन निर्देशनयुक्त म्यानुअल हेर्नुपर्ने गरी जटिल भयो भने प्रयोगकर्ताहरुले झन्झटिलो मान्ने आङले बताए । -बीबीसीबाट