इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका २ घर भएकी एक कोरोना संक्रमित महिलाको आज मृत्यु भएको छ ।
७८ वर्षीया महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज दिउँसो २ बजे ज्यान गएको प्रतिष्ठानका सहप्रवक्ता चुडामणि पोख्रेलले जानकारी दिए । उनका अनुसार गत चैत २४ गते उपचारार्थ प्रतिष्ठानमा भर्ना भएकी महिलाको सोही दिन पीसीआर विधिबाट कोरोना परीक्षण गरिएकोमा उनी संक्रमित देखिएकी थिइन् ।
संक्रमण पुष्टि भएसँगै प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा भर्ना गरी उपचार सुरु गरिएकी महिलाको आज ज्यान गएको हो । महिलामा उच्च रक्तचापको दीर्घकालीन समस्या रहेको पनि सहप्रवक्ता पोख्रेलले बताए ।