इटहरीः मोरङको विराटनगरस्थित कोसी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको ज्यान गएको छ ।
मृत्यु हुनेमा मोरङको कटहरी गाउँपालिका ४ घर भएका ४५ वर्षीय पुरुष रहेको अस्पतालका संयोजक एपोलो भगतले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण भई गत वैशाख ६ गते अस्पतालको कोभिड उपचार केन्द्रमा भर्ना भएका ती पुरुषलाई आइसोलेसनमा राखी उपचार भइरहेकोमा आज बिहान करिब ११ः३० बजे उपचारका क्रममा उनको ज्यान गएको हो ।
मृतक पुरुषमा ज्वरो, खोकीका साथै स्वासप्रस्वासमा समस्या देखिनुका साथै मधुमेह र फोक्सोसम्बन्धी दीर्घकालीन समस्यासमेत रहेको संयोजक भगतको भनाइ छ ।