इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमित पुरुषको ज्यान गएको छ ।

मृत्यु हुनेमा धरान उपमहानगरपालिका ११ घर भएका ४५ वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणि पोख्रेलले जानकारी दिए । उनका अनुसार वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भई सोही दिन उपचारार्थ प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा भर्ना भएका पुरुषको आइसोलेसनमा उपचार भइरहेकोमा गएराति ११ बजे उनको ज्यान गएको हो ।