इटहरीः शुक्रबार विराटनगर महानगरमा ५४ जना कोरोना सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना सङ्क्रमण भएको हो ।
प्रदेश १ मा एक सय १६ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मोरङमा ७२, झापामा १४, सुनसरीमा नौ, उदयपुरमा चार, धनकुटा र भोजपुरमा तीन–तीन, संखुवासभामा दुई, तेह्रथुम, इलाम, ताप्लेजुङ र ओखलढुङ्गामा एक–एक र प्रदेश १ बाहिरका पाँच जनामा सङ्क्रमण देखिएको छ । मोरङको विराटनगरमा ५४, बूढीगङ्गामा आठ, रङ्गेलीमा तीन, कटहरीमा दुई, कानेपोखरी, सुन्दरहरैँचा, धनपालथान, उर्लाबारी र बेलबारीमा एक–एक, झापाको दमक र अर्जुनधारामा चार–चार, भद्रपुरमा दुई, कनकाई, मेचीनगर, विर्तामोड र झापा गाउँपालिकामा एक–एक, सुनसरीको धरानमा चार, इटहरी र इनरुवामा एक–एक र बराहक्षेत्रमा एक, उदयपुरको कटारीमा चार, धनकुटाको महालक्ष्मी, पाख्रीबास र धनकुटा नगरपालिकामा एक–एक, भोजपुरको षडानन्द, टेम्केमैयुङ र भोजपुर नगरपालिकामा एक–एक, सङ्खुवासभाको धर्मदेवी र सिलिचोङमा एक–एक, तेह्रथुममा एक, इलाममा एक, ताप्लेजुङको पाथीभरा याङवरकमा एक र ओखलढुङ्गामा एक जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३१ हजार एक सय ८६ पुगेको छ । सङ्क्रमित मध्ये २९ हजार नौ सय ३५ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या सात सय ७६ पुगेको छ । प्रदेश १ मा आज पाँच सय १९ जनाको पिसिआर परीक्षण गर्दा ५३ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।