इटहरीः मोरङको विराटनगरस्थित कोसी अस्पताल अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमित महिलाको ज्यान गएको छ ।
मृत्यु हुनेमा विराटनगर महानगरपालिका १७ घर भएकी ७० वर्षीया महिला रहेको अस्पतालका संयोजक एपोलो भगतले जानकारी दिए । उनका अनुसार स्वासप्रस्वासमा समस्या आएपछि उपचारार्थ हिजो अस्पताल भर्ना भएकी महिलामा कोरोना संक्रमण पुष्टि भई कोभिड उपचार केन्द्रको आइसोलेसनमा उपचार भइरहेकोमा आज अपराहन्न करिब पाँच बजे उनको ज्यान गएको हो ।