इटहरीः कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै देशव्यापी रुपमा बढेको संक्रमण दरलाई मध्यनजर गर्दै सुनसरीको इटहरी उपमहानगरपालिकाले नगरभित्रका सबै संस्थागत तथा सामुदायिक विद्यालयहरुको परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

भौतिक उपस्थितिमा लिइने सबै परीक्षाहरु संघीय सरकारको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्णय अनुसार बन्द गराइएको जनाउँदै उपमहानगरपालिकाले पनि परीक्षा सञ्चालनमा रोक लगाएको हो । यद्यपि, भर्चुअल अर्थात् श्रव्यदृश्य प्रविधिको प्रयोगबाट गरिने पठनपाठनलाई भने निरन्तरता दिन सकिने उपमहानगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ । उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाद्वारा जारी सूचनामा अर्को आदेश नभएसम्मका लागि परीक्षाका कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।

nagarpalika suchana.