इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा ज्यान गएको छ ।

मृत्यु हुनेमा धनुषाको जनकपुरधाम ८ घर भएका ४८ वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि पोख्रेलले जानकारी दिए । उनका अनुसार गत वैशाख ९ गते प्रतिष्ठानमा भर्ना भएका पुरुषमा १० गते कोरोना संक्रमण पुष्टि भएपछि प्रतिष्ठान अन्तर्गतकै कोभिड उपचार केन्द्रमा आइसोलेसनमा राखी उनको उपचार सुरु गरिएको थियो ।

कोभिड उपचार केन्द्रको आइसोलेसनमा रही उपचार गराइरहेका पुरुषको आज बिहान ७ः१५ बजे ज्यान गएको सहप्रवक्ता पोख्रेलले बताए । मृतक पुरुष लामो समयदेखि हाइपरटेन्सन नामक मानसिक समस्याबाट ग्रस्त रहेको प्रतिष्ठानले जनाएको छ ।