इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमित पुरुषको ज्यान गएको छ ।

मृत्यु हुनेमा मोरङको विराटनगर महानगरपालिका १५ घर भएका ५६ वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि पोख्रेलले जानकारी दिए । उनका अनुसार गत वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भई उपचारार्थ विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल अन्तर्गतको कोभिड उपचार केन्द्रमा भर्ना भएका पुरुषको त्यहाँ उपचार सम्भव नभएपछि वैशाख ९ गते प्रतिष्ठान रिफर गरिएकोमा आइसोलेसनमा रही उपचार गराइरहेका उनको उपचारका क्रममा गएराति ९ः३० बजे ज्यान गएको हो ।