इटहरीः अहिले देशभर कोरोना संक्रमण बढीरहेको छ । निकट भविष्यमा नेपालमा ठूलो स्वास्थ्य संकट आईपर्ने देखिन्छ ।

यसलाई ध्यान दिँदै स्वास्थ्य मन्त्रालयले सम्पूर्ण जिल्लाहरुलाई आइसोलेसन र क्वारेन्टिन सेन्टर अद्यावधिक गर्न निर्देशन गरिसकेको छ । यसका साथै जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि गत सोमबार जिल्ला कोरोना संकट व्यावस्थापन केन्द्रको बैठकमार्फत् तीन दिनभित्र आइसोलेसन तयार पार्न निर्देशन दिएको थियो । सोही बमोजिम पालिकाहरु तयारीमा लागेका छन् । तर, सुनसरीको इटहरी उपमहानगरपालिकामा भने आइसोलेसन केन्द्र बनाउने प्रारम्भिक काम पनि हुन सकेको छैन । मंगलबार नगरपालिकाले एक बैठकबाट ५० बेडको आइसोलेसन बनाउने तयारी गरेको छ । नगरले पहिलेकै ठाउँ अर्थात् इटहरी रङ्गशालामा नै आइसोलेसन बनाउने तयारी थालेको नगरका स्वास्थ्य शाखा प्रमुख घनश्याम सिग्देलले बताए ।

mat

स्वास्थ्य महाशाखा प्रमुख सिग्देलका अनुसार उपमहानगरले ५० बेडमध्ये दश बेड भने अक्सिजनसहितको बनाउन लागेको छ । तर, इटहरीको सो आइसोलेसनमा रहेका सामग्री अहिले जथाभावी बेवारिसे अवस्थामा रहेका छन् । कोरोना संक्रमित आउन छोडेपछि नगरले त्यहाँ खटाएका स्वास्थ्यकर्मी र कर्मचारीलाई फिर्ता गरेको छ । यसले त्यहाँ संरक्षणको अभावमा आइसोलेसनका बेडदेखि लत्ताकपडा सबै लथालिङ्ग भएका हुन् । अस्पताल तथा विभिन्न संघसंस्थाले सहयोग गरेका बेड भने फिर्ता लगिसकेका छन् ।

bata

अहिले त्यहाँ ४७ वटा बेड रहेको स्वास्थ्य महाशाखा प्रमुख सिग्देल बताउँछन् । तीमध्ये केही बेड रङ्गशालाको पूर्वपट्टिको प्यारापिटमुनि राखिएको छ । कतिपयचाहीँ रङ्गशालाको खुल्ला हलमा छ । अहिले स्वास्थ्यकर्मी र सफाइ कर्मचारीसहित यहाँ तीन जना कर्मचारी रहेका छन् । उनीहरु बस्ने कक्षमा पनि केही बेड छन् । प्यारापिटमुनि रहेका बेडमा त झार नै पलाएको छ । कपडा धुनको लागि प्रयोग हुने बाटा, म्याट र ओढ्ने, ओछ्याउने पनि यत्रतत्र छरिएका छन् ।

kapada