इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाको राजश्व शाखामा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै उपमहानगरपालिकाले राजश्व शाखाको सम्पूर्ण सेवा बन्द गरेको शाखा प्रमुख नवीन भट्टराईले जानकारी दिए । उनका अनुसार शाखाको सेवा पाँच दिनका लागि पूर्ण रुपमा बन्द गरिएको छ । उपमहानगरपालिकाको नौ नम्बर कोठामा सञ्चालित राजश्व शाखाको सेवा बन्द भएपछि कर संकलनलगायत सो शाखाबाट सम्पादन हुने सबै कार्य प्रभावित भएका छन् ।

यद्यपि, उपमहानगरका वडा कार्यालयहरुमा सञ्चालित कर संकलन शाखाहरु भने निर्वाध रुपमा सञ्चालन हुने उपमहानगरपालिकाले प्रष्ट पारेको छ ।