इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा ज्यान गएको छ ।

मृत्यु हुनेमा सप्तरी घर भएका २४ वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि पोख्रेलले जानकारी दिए । उनका अनुसार वैशाख ९ गते कोरोना संक्रमण पुष्टि भई १२ गते उपचारार्थ प्रतिष्ठानमा भर्ना भएका पुरुषको उपचारका क्रममा आज बिहान १२ः१० बजे ज्यान गएको हो । मृतक पुरुषमा मधुमेहको दीर्घकालीन समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।