इटहरीः सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका ३ मा बस्ने एक परिवारका सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये ८४ वर्षीया ज्येष्ठ नागरिक महिलाको होम आइसोलेसनमै ज्यान गएको वडाध्यक्ष कालुराम गुरुङले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भई घरमै आइसोलेसनमा रहेकी महिलाको बुधबार साँझ ज्यान गएको हो । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा गरिएको पीसीआर परीक्षणबाट परिवारका सातै जनामा संक्रमण पुष्टि भएको थियो । सात जना संक्रमितहरुमध्ये एक महिलाको ज्यान गएपछि हाल ६ जना संक्रमितहरु रहेका छन् ।

]जसमध्ये मृतक महिलाकी एक छोरामा गम्भीर लक्षण देखिएपछि उपचारार्थ मोरङकै बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज शिक्षण अस्पताल अन्तर्गतको कोभिड उपचार केन्द्रमा भर्ना गरिएको र अन्य पाँच जना होम आइसोलेसनमै रहेको वडाध्यक्ष गुरुङको भनाइ छ ।