इटहरी: प्रदेश १ मा आज दुई सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये एक सय २५ जना महिला र एक सय ७० जना पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशभरका विभिन्न प्रयोगशालामा आज गरिएका कुल सात सय ६६ स्वाब नमुनाको पीसीआर परिक्षणबाट सो संख्यामा संक्रमितको पहिचान भएको हो । आज पहिचान भएका संक्रमितहरुमा

सुनसरीका ५२, मोरङका एक सय ३६, झापाका ५३,  इलामका सात, ताप्लेजुङका पाँच, धनकुटाका दुई, उदयपुर र संखुवासभामा एक एक तथा प्रदेश १ बाहिरका १३ जना रहेको मन्त्रालयको तथ्याङ्क छ । सुनसरीको धरानमा २३, इटहरीमा १२, इनरुवामा आठ, रामधुनी र बराहक्षेत्रमा तीन तीन, गढी, कोशी, भोक्राहानरसिंह र स्थानीय तह नखुलेका एक एक जनामा कोरोना पुष्टि भएको हो ।

मोरङको विराटनगरमा फेला परेका एक सय ६ संक्रमितमध्ये ४६ महिला र ६० पुरुष रहेका छन् । सुन्दरहरैचामा १०, बेलबारी र कटहरीमा चार चार, उर्लाबारी र धनपालनथानमा तीन तीन, जहदामा दुई, केराबारीमा एक र स्थानीय तह नखुलेका दुई जना संक्रमित फेला परेका छन् ।

झापाको बिर्तामोडमा १७, मेचिनगरमा १०, दमकमा आठ, भद्रपुरमा पाँच, गौरीगञ्जमा चार, शिवसताक्षी र अर्जुनधारामा दुई दुई, हल्दिबारी, कनकाई र बाह्रदशीमा एक एक जनाका साथै स्थानीय तह नखुलेका दुई जनामा संक्रमण देखिएको छ ।

त्यसैगरी इलामको इलाम नगरपालिकामा तीन, फाकफोकथुममा दुई, देउमाई र सुर्योदयमा एक एक, ताप्लेजुङको फुङलिङमा तीन, मिक्वाखोलामा दुई, धनकुटामा दुई, उदयपुरको त्रियुगामा एक, संखुवासभाको खाँदबारीमा एक जनाका साथै प्रदेश १ बाहिरका १३ जना संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ ।

हालसम्म प्रदेश १ भर कोरोना संक्रमितको कुल संख्या ३२ हजार ३ सय ६० पुगेको छ भने निको हुने संक्रमितको कुल संख्या ३० हजार १५ रहेको छ । हाल प्रदेशभर एक हजार आठ सय ५५ जना सक्रिय संक्रमित रहेका छन् ।