इटहरीः मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा ज्यान गएको छ ।
मृत्यु हुनेमा मोरङकै विराटनगर महानगरपालिका ७ घर भएकी ५४ वर्षीया महिला रहेको अस्पतालका कोभिड उपचार केन्द्र प्रमुख सुनिल देवले बताए । उनका अनुसार गत वैशाख १४ गते कोरोना संक्रमण पुष्टि भई उपचारार्थ अस्पताल भर्ना भएकी महिलाको अवस्थामा सुरुमै गम्भीर रहेकोमा उपचारका क्रममा आज बिहान ३ः३० बजे उनको ज्यान गएको हो । कोभिड संक्रमण्का कारण स्वासप्रस्वासमा आएको जटिल समस्याका कारण उनको ज्यान गएको बताउँदै प्रमुख देवले महिलामा मधुमेहको पुरानै समस्या रहेको पनि जानकारी दिए ।