इटहरीः मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा कोरोना संक्रमितको उपचार सरकारीस्तरबाट निःशुल्क रुपमा गरिने भएको छ ।
सरकारसँग आजदेखि उपचारका लागि आउने संक्रमितको निःशुल्क उपचार गर्ने र उपचार खर्च सरकारले व्यहोर्नेगरी सम्झौता भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार हिजोसम्म भर्ना भएका बिरामीहरुले भने व्यक्तिगत रुपमै उपचार खर्च तिर्नुपर्ने भएको छ ।
बिहीबारबाट भर्ना भएका कोरोना सङ्क्रमितको उपचार निःशुल्क भएको हो । निजी स्तरबाट एक सय बेडको कोभिड उपचार केन्द्र सञ्चालन गरिरहेको नोबेल अस्पतालसँग सरकारले सर्वसाधारणको उपचारका लागि सहकार्य गरेको हो ।