इटहरीः प्रदेश १ मा आज दुई सय ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये पुरुषको संख्या एक सय ८५ र महिलाको संख्या एक सय ६ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशभरका विभिन्न प्रयोगशालामा आज गरिएका आठ सय ७४ स्वाब नमुनाको पीसीआर परीक्षणबाट सो संख्यमा संक्रमितको पहिचान भएको हो । यससँगै प्रदेश १ मा हालसम्म ३२ हजार ६ सय ५१ जनामा कोरोना पुष्टि भइसकेको छ । संक्रमित भएकामध्ये ३० हजार १८ जना संक्रमणमुक्त भएका छन् । हाल प्रदेशभर दुई हजार एक सय ४१ जना सक्रिय संक्रमित रहेका छन् । आज थपिएका संक्रमितहरुमा मोरङका एक सय ५३, झापामा ५८, सुनसरीमा ५५, ताप्लेजुङका चार, इलामका तीन, उदयपुरका दुई, भोजपुर, तेह्रथुम र पाँचथरका एक एक र प्रदेश १ बाहिरका १३ जना रहेको मन्त्रालयको भनाइ छ ।

सुनसरीको इटहरीमा १८, धरानमा २०, इनरुवामा ७, बर्जु र देवानगञ्जमा तीन तीन, कोसी गाउँपालिका, गढी, भोक्राहानरसिंह र रामधुनीमा एक एक, विराटनगरमा ३२ महिला र ८८ पुरुषसहित एक सय २०, लेटाङमा नौ, सुन्दरहरैचामा ६, कटहरी, उर्लाबारी ग्रामथानमा तीन तीन, रंगेली र बुढीगंगामा दुई दुई, मिक्लाजुङ, बेलबारी, सुनवर्षी, केराबारी र स्थानीय तह नखुलेको एक एक, झापाको बिर्तामोडमा १०, दमकमा नौ, कनकाईमा सात, अर्जुनधारामा ६, भद्रपुरमा पाँच, शिवसताक्षी र मेचिनगरमा चार चार, गौरीगञ्ज र हल्दिबारीमा तीन तीन, कमल गाउँपालिका र झापा गाउँपालिकामा दुई दुई, बुद्धशान्ति, बाह्रदशी र स्थानीय तह नखुलेका एक एक, ताप्लेजुङको फुङलिङमा तीन र स्थानीय तह नखुलेको एक, इलामको चुलाचुली, माई र सूर्योदयमा एक एक, उदयपुरको उदयपुरगढीमा दुई, तेह्रथुममा एक, भोजपुरमा एक, पाँचथरमा एक र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।