लकडाउनका बेलामा प्रकृति र वातावरण झन् बढी महत्वपूर्ण

  • बैशाख १९, २०७८
  • १४० पटक पढिएको
  • प्रदेश पोर्टल
alt

लकडाउनका समयमा प्रकृति र हरियो वातावरणले नै मानिसहरुलाई सबैभन्दा बढी राहत दिलाएको डाटाले देखाएको छ ।

४० प्रतिशत भन्दा धेरै मानिसहरुका लागि कोरोना भाइरस सम्बन्धी सुरक्षाका नियमहरु सुरु भएदेखि प्रकृति, वन्यजन्तु र स्थानीय हरिया वातावरणयुक्त क्षेत्र सुस्वास्थ्यका लागि पहिले भन्दा धेरै महत्वपूर्ण भएको पाइएको छ । सो तथ्याङ्क महामारी भर स्थिर रहेको नेचुरल इङ्ल्यान्डका सरकारी सल्लाहकारले बताए । महामारीको समयमा शारीरिक एवम् मानसिक सुस्वास्थ्यका लागि प्रकृतिमा बिताएको समय नै सबैभन्दा प्रभावकारी साबित भएको अनेकौँ सर्वेक्षणहरुले देखाएको छ । गत वर्ष हरियो वातावरण र प्रकृतिको भूभिकाबारे गरिएको अध्ययनका डाटा अनुसार यिनै विभिन्न कारणले लकडाउन पश्चात् मानिसहरुले पहिले भन्दा ठूलो स्तरमा प्रकृतिसँग अन्र्तक्रिया गर्ने, त्यसको मूल्य बुझ्ने र व्यक्तिगत व्यहारमा समेत परिवर्तन आउन सक्ने देखिएको छ ।

तर महामारीले ल्याएका यस्ता बदलावहरु अस्थाइ मात्र हुन् या आगामी जीवनको नयाँ ट्रेन्ड हुनेछ भन्ने चाहिँ अझै थाहा नभएको रिपोर्टमा उल्लेख छ । रिसर्चहरुमा अर्को के पनि पाइएको छ भने घरमा बगैँचा या नजिकै पार्क हुने मानिसहरुले त्यस्ता ठाउँको पहुँच नहुनेको तुलनामा बढी शान्त अनि धेरै ऊर्जा भएजस्तो महसुस गर्ने गर्दछन् । बगैँचामा काम गर्नुलगायत गर्नुले पनि मानिसहरुमा स्ट्रेस कम गराउने यसअघि पनि प्रमाणित भइसकेको छ । बोटबिरुवा सँग अन्तरक्रिया गर्नुले हाम्रो ध्यान आफू र स्ट्रेसबाट हटाउने हुनाले नै दिमागबाट नकारात्मक भाव हट्ने अनुसन्धानकर्ता, डाक्टर लोरिन बताउँछिन् । -बीबीसीबाट

प्रतिक्रिया दिनुहोस

प्रदेश १ मा आज एक हजार एक सय ४० जनामा कोरोना पुष्टि

इटहरीः प्रदेश १ मा सोमबार एक हजार एक सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई हजार दुई सय ७० ...

चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

इटहरीः सुनसरीको इटहरीस्थित इलाका प्रहरी कार्यालयले मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ...

जबर्जस्ति करणी मुद्दाका फरार बाल बिज्याईँकर्ता पक्राउ

इटहरीः सुनसरीको इटहरीस्थित इलाका प्रहरी कार्यालयले बालिकामाथि जबर्जस्ति करणी गरेको आरोपमा एक नाबालिग ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • मार्केटिङ प्रमुखः देवराज पुरी
  •   ९८६२३०११३८, ९८१९०३१०६२
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2021 - pradeshportal.com All rights reserved