इटहरीः झापाको मेचिनगर नगरपालिका १५ मिलकोटी स्थित एक बायोग्यास कोइला उद्योगमा विद्युत् सर्ट भई आगलागी हुँदा ठूलो क्षति भएको छ ।

आज बिहान ३ बजेबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । उक्त आगो नियन्त्रणका लागि सात वटा दमकलसहित सेना, प्रहरी, स्थानीयवासी परिचालित भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) राकेश थापाका अनुसार सो आगलागीबाट हालसम्म १५ करोड रुपैयाँ बराबरको क्षति भएको उद्योग सञ्चालकको दाबी छ ।

jhapa aaglagi4

abc

यद्यपि, आगलागीबाट भएको क्षतिको यथार्थ विवरण प्राप्त भइनसकेको उनले उल्लेख गरे । आगलागीबाट भौतिक क्षति भएपनि कुनै मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ ।

jhapa aaglagi3 abc1