काठमाडौँ: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारी अस्पताल भर्ना भएका छन् ।

कोरोना संक्रमणका कारण केही दिनदेखि होम आइसोलेसनमा बसेका पूर्वमन्त्री भण्डारीलाई सोमबार साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि साँझ ८ बजे ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका हुन् ।

तनहुँका विभिन्न कार्यक्रममा भाग लिएर काठमाडौँ फर्किएका भण्डारीको वैशाख १८ गते स्वाब परीक्षण गर्दा भण्डारीसहित श्रीमति र छोरालाई कोरोना संक्रमण देखिएको थियो । पूर्वमन्त्री भण्डारीकी श्रीमति र छोरा भने होम आइसोलेसनमै छन् । -रासस