इटहरीः झापाको भद्रपुर नगरपालिका २, किच्चकबधस्थित अस्थायी प्रहरी चौकीमा कार्यरत एक प्रहरी सहायक निरीक्षकको चट्याङ लागेर ज्यान गएको छ ।

मृत्युु हुनेमा ४७ वर्षीय प्रसनि महादेव ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) राकेश थापाका अनुसार गएराति करिब १० बजे साइकल गस्तिमा खटिएका प्रसनि ठाकुर चट्याङ लागेर गम्भीर घाइते भएका थिए ।

घाइते प्रसनि ठाकुरलाई तत्काल उद्धार गरी उपचारार्थ भद्रपुरस्थित पाथीभरा अस्पताल पठाइएकोमा चिकित्सकले उनलाई तत्कालै मृत घोषित गरेको डीएसपी थापाको भनाइ छ । उनीसँगै गस्तिमा गएका एक प्रहरी हवल्दार भने सकुशल रहेको प्रहरीले जनाएको छ ।