विपद्बाट प्रभावित परिवारको पुनःस्थापनामा सरकार सक्रिय

  • बैशाख २१, २०७८
  • ११० पटक पढिएको
  • रासस
alt

काठमाडौँः कुनै पनि विपद्बाट प्रभावित बनेका परिवारको पुनःस्थापनमा नेपाल सरकारले महत्वपूर्ण र दूरगामी कदम चालेको छ ।

पीडितको पुनःस्थापनमा सक्रिय रहेको सरकारले कार्यविधि नै तयार पारेर अनुदान दिन थालेको हो । मुलुकमा पहिलो अभ्यासस्वरुप कार्यविधि नै तयार पारी मनसुनजन्य विपद्बाट प्रभावित बनेको परिवारलाई पुनःस्थापनका लागि सरकारले अनुदान दिन थालेको छ । विपद्बाट प्रभावित परिवारको घर पुनःनिर्माण तथा पुनःस्थापनका लागि नेपाल सरकारबाट २० करोड रकम प्राप्त भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय र मागका आधारमा उक्त रकम जिल्लामा पठाउन सुरु पनि गरिसकिएको छ । पहिलो चरणमा आवश्यक प्रक्रिया पूरा गरेका म्याग्दी जिल्लाका दुई सय ४७ निजी घर पुनःनिर्माण तथा पुनःस्थापनाका लागि प्रथम किस्तास्वरुप सङ्घीय सरकारले व्यहोर्नुपर्ने रु एक करोड आठ लाख ९७ हजार पाँच सय पठाइएको जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म तीन हजार परिवारमा उक्त कार्यक्रम सञ्चालन गर्ने अनुमान गरिएको छ । उक्त मनसुनजन्य विपद्बाट करिब छ हजार घर प्रभावित भएका थिए । यो कार्यक्रम झण्डै भूकम्पपछिको पुनःनिर्माण कार्यक्रमझै अघि बढाइने छ । उनका अनुसार अन्य प्रभावित जिल्लामा पनि कार्यविधिका आधारमा रकम पठाउने प्रक्रिया सुरु गरिएको छ । कोभिड–१९ का कारण काम कारवाहीमा प्रभावित हुँदा उक्त कार्य केही ढिलाइ हुन पुगेको हो । उक्त कार्य सफल बनाउन सबै तहका सरकार एवं सरोकारवाला निकायको समन्वय र सहयोगको आवश्यकता रहने प्राधिकरणको भनाइ छ । विसं २०७७ को मनसुन (जेठ ३०देखि असोज ३०) मा बाढी र पहिरोका कारण धेरै जनधनको क्षति भएको थियो । उक्त विपद्बाट सिन्धुपाल्चोक, बाग्लुङ, दोलखा, अछाम, कालिकोट, नुवाकोट, जाजरकोट, दार्चुला बझाङ, दाङ, गोरखा, मकवानपुर, तनहुँ, अर्घाखाँची, स्याङ्जा, रसुवा, धनकुटा, सङ्खुवासभा, गुल्मी, मोरङलगायत जिल्ला बढी प्रभावित भएको थियो । ती जिल्लामा मानवीय क्षतिसमेत भएको थियो ।

उक्त विपद्बाट आवासविहीन भएकाको आवास पुनःनिर्माणमा सहयोग गर्ने उद्देश्यले गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा गत पुस २६ गते बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले ‘मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनःनिर्माण तथा पुनःस्थापन अनुदान कार्यविधि २०७७’ स्वीकृत गरेपछि कार्यप्रारम्भ गरिएको थियो । उक्त कार्यविधिअनुसार लाभग्राहीको पहिचान भने स्थानीय विपद् व्यवस्थापन समितिले गर्ने छ । त्यसको अन्तिम सूची जिल्ला विपद् व्यवस्थापन समितिले तयार पार्ने कार्यविधिमा उल्लेख छ । सम्बन्धित वडा र लाभग्राहीबीच सम्झौता भएपछि पुनःनिर्माण तथा पुनःस्थापनको कार्य अघि बढ्ने छ । प्रक्रिया पूरा भएपछि अनुदान रकम कार्य प्रगतिको आधारमा लाभग्राहीको बैंक खातामा उपलब्ध हुनेछ ।

यसरी दिइनेछ अनुदान
कार्यविधिअनुसार अस्थायी आवास निर्माण अनुदानतर्फ पहिलो र दोस्रो किस्तामा २५÷२५ हजारका दरले ५० हजार रुपैयाँ पाउनेछन् । पुनःनिर्माण र पुनःस्थापन अनुदानतर्फ हिमाली जिल्लामा ५० लाख रुपैयाँ दिइने छ । त्यसमध्य पहिलो किस्ता ५० हजार, दोस्रो किस्ता दुई लाख ५० हजार र तेस्रो किस्ता दुई लाख रुपैयाँ उपलब्ध गराइने छ । पहाडी जिल्लामा चार लाख रुपैयाँ उपलब्ध गराइने छ । जसअनुसार पहिलो किस्ता ५० हजार दोस्रो दुई लाख र तेस्रो किस्ता एक लाख ५० हजारका दरले वितरण हुनेछ । यस्तै तराईका जिल्लामा तीन लाख अनुदान दिइने छ । कार्यविधि अनुसार पहिलो किस्ता ५० हजार, दोस्रो किस्ता एक लाख ५० हजार र तेस्रो किस्ता एक लाख दिइने छ ।

घडेरी अनुदानतर्फ कार्य घडेरी पनि नहुनेको हकमा बढीमा रु तीन लाखसम्म अनुदान दिइने प्राधिकरणले जनाएको छ । यस्तै मर्मत तथा प्रवलीकरण अनुदानतर्फ कार्यसम्पन्न भएपछि ५० हजार एकमुष्ट दिइने छ । उक्त अनुदान रकम सम्बन्धित स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारले संयुक्तरूपमा बेहोर्नेछ । लागत सहभागिताका आधारमा जिल्ला विपद् व्यवस्थापन कोषमा रकम जम्मा भएपछि प्रमुख जिल्ला अधिकारीले सम्बन्धित लाभग्राहीको बैंक खातामा पठाउने कार्यविधिमा उल्लेख छ । कोषमा गाउँपालिका, नगरपालिका, उपमहानगर÷महानगरपालिकाले क्रमशः १०, १५ र २० प्रतिशत तथा प्रदेश सरकारले ३० प्रतिशत र बाँकी सङ्घीय सरकारले खर्च बेहोर्ने छ । सबै समन्वयको काम भने प्राधिकरणले गर्ने प्रवक्ता लिलाधर अधिकारीले जानकारी दिए । -रासस

प्रतिक्रिया दिनुहोस

प्रदेश १ मा आज एक हजार एक सय ४० जनामा कोरोना पुष्टि

इटहरीः प्रदेश १ मा सोमबार एक हजार एक सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई हजार दुई सय ७० ...

चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

इटहरीः सुनसरीको इटहरीस्थित इलाका प्रहरी कार्यालयले मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ...

जबर्जस्ति करणी मुद्दाका फरार बाल बिज्याईँकर्ता पक्राउ

इटहरीः सुनसरीको इटहरीस्थित इलाका प्रहरी कार्यालयले बालिकामाथि जबर्जस्ति करणी गरेको आरोपमा एक नाबालिग ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • मार्केटिङ प्रमुखः देवराज पुरी
  •   ९८६२३०११३८, ९८१९०३१०६२
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2021 - pradeshportal.com All rights reserved