इटहरीः इलामको माईजोगमाई नगरपालिका ५ मा गएराति बाटोमा चिप्लिएर लड्दा एक महिलाको ज्यान गएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ घर भएकी ५४ वर्षीया ख्यामकुमारी लिम्बू रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका अनुसार राति करिब ९ बजे छिमेकीको घरतर्फ गइरहेकी लिम्बू चिप्लिएर सडकबाट २० मिटर तल पुगी गम्भीर घाइते भएकी थिइन् ।

घाइते लिम्बूलाई उपचारार्थ इलाम जिल्ला अस्पताल पुर्याइएकोमा करिब १० बजे उनलाई अस्पतालका चिकित्सकले मृत घोषित गरेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।