इटहरीः पौडी खेल्ने क्रममा झापाको माई खोलामा बेपत्ता भएका एक युवकको ज्यान गएको छ ।

मृत्यु हुनेमा जिल्लाको शिवसताक्षी नगरपालिका–८ डुँडामारी का २८ वर्षीय जीवन थाम्सुहाङ रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । हिजो साँझ ५ः३० बजे पौडी खेल्ने क्रममा खोलाले बगाएपछि बेपत्ता भएका थाम्सुहाङ साँझ करिब ७ बजे मृत फेला परेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) महेन्द्र श्रेष्ठले बताए ।

उनका अनुसार प्रहरी र स्थानीयको संयुक्त प्रयासमा खोजतलास गर्दा घटनास्थलबाट पाँच सय मिटर पर युवकको शव फेला परेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।