सुनसरी प्रशासनद्वारा जिल्लाभर पूर्ण निषेधाज्ञा जारी, सवारी र मानिसको आवागमन बन्द गरिने

  • बैशाख २१, २०७८
  • २८०६ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इटहरीः सुनसरीमा आज मध्यराति १२ बजेदेखि वैशाख ३१ गते मध्यराति १२ बजेसम्म लागु हुनेगरी पूर्ण रुपमा निषेधाज्ञा जारी भएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को आजको बैठकले जिल्लाभित्र सबै प्रकारका सवारी साधन तथा मानिसको आवतजावतमा रोक लगाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले यसअघि जारी गरिएको जोर बिजोर प्रणालीमा सवारी सञ्चालन गर्न पाइने आदेश परिमार्जन गर्दै कुनै पनि सवारी साधन चलाउन नपाइने व्यवस्था गरेको हो । जोर बिजोर प्रणालीसमेत हटेपछि अब अत्यावश्यक कामका लागि प्रशासनको अनुमति लिएर मात्र सवारी सञ्चालन गर्न पाइने भएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । तरकारी, फलफूल, खाद्यान्न, निर्माण सामग्रीजस्ता सामानको बिक्रीवितरण गर्न बिहान १० बजेसम्म मात्र पसल सञ्चालन गर्न पाइनेछ ।

उनका अनुसार कोरोना भाइरसको नयाँ भेरिएन्ट सहितको संक्रमण तिव्र रुपमा फैलिरहेको र जिल्लामा मानवीय क्षतिसमेत दैनिकजसो भइरहेकाले यसलाई न्यूनीकरण गर्न तथा संक्रमणको विस्तारलाई रोक्न पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञा उल्लङ्घन गर्नेलाई प्रचलित कानून अनुसार कडा कारबाही गरिनेसमेत प्रजिअ ढकालले प्रष्ट पारे ।


cdo sunsari1 cdo sunsari2 cdo sunsari3

प्रतिक्रिया दिनुहोस

प्रदेश १ मा आज एक हजार एक सय ४० जनामा कोरोना पुष्टि

इटहरीः प्रदेश १ मा सोमबार एक हजार एक सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई हजार दुई सय ७० ...

चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

इटहरीः सुनसरीको इटहरीस्थित इलाका प्रहरी कार्यालयले मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ...

जबर्जस्ति करणी मुद्दाका फरार बाल बिज्याईँकर्ता पक्राउ

इटहरीः सुनसरीको इटहरीस्थित इलाका प्रहरी कार्यालयले बालिकामाथि जबर्जस्ति करणी गरेको आरोपमा एक नाबालिग ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • मार्केटिङ प्रमुखः देवराज पुरी
  •   ९८६२३०११३८, ९८१९०३१०६२
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2021 - pradeshportal.com All rights reserved