इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाले आजदेखि नगर क्षेत्रका कोरोना भाइरसका शंकास्पद बिरामीको पीसीआर परीक्षण सुरु गरेको छ ।

कोरोना संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको पहिचानका लगि कन्ट्याक्ट ट्रेसिङ टिम र होम आइसोलेसनमा रहेका संक्रमितको सहजीकरणका लागि होम आइसोलेसन सपोर्ट टीम गरी स्वास्थ्यकर्मीसहितको दुई प्रकारको टोली नगरका हरेक वडामा परिचालन गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य सुवेदीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

प्रकाशित सूचना अनुसार कन्ट्याक्ट ट्रेसिङका लागि तीन तीन जना स्वास्थ्यकर्मीसम्मिलित दुई ओटा टोली र होम आइसोलेसन सपोर्टका लागि तीन जना स्वास्थ्यकर्मीसम्मिलित एउटा टोली खटिएको छ । सबै वडाका शंकास्पद बिरामीको स्वास्थ्य संस्थाको सिफारिस तथा लक्षणको गम्भीरता हेरी पीसीआर परीक्षण गरिने उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् ।

itahari begins pcr test.