इटहरीः आज नेपालमा सात हजार ६ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै संक्रमितको कुल संख्या ३ लाख ५१ हजार ५ पुगेको स्वास्थय तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । आज थपिने संक्रमितहरुमा काठमाडौँका दुई हजार सात सय ७९ जना, भक्तपुरका पाँच सय १३ जना, ललितपुरका ६ सय एक जना, रुपन्देहीका तीन सय ६९ जना, कास्कीका दुई सय ४७ जना, मोरङका दुई सय ४६ जना, चितवनका दुई सय २६ जना, दाङका दुई सय एक जना, बाँकेका एक सय ९२ जना, बैतडीका एक सय ४० जना, काभे्रका एक सय १७ जना, धुनुषाका एक सय चार जना, पर्साका एक सय १२ जना, झपाका एक सय ७४ जना, सुर्खेतका एक सय २४ जना र बैतडीका एक २७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणका कारण आज देशभर ५५ जनाले ज्यान गुमाएका छन् । यसका साथै मृतक संक्रमितको कुल संख्या तीन हजार चार सय १७ पुगेको छ । आज देशभर एक हजार सात सय ७५ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै निको हुने संक्रमितको कुल संख्या दुई लाख ८७ हजार सात सय ९० पुगेको छ । हाल देशभर ५९ हजार सात सय ९८ जना सक्रिय संक्रमित रहेका छन् । आज देशभरका विभिन्न प्रयोगशालामा १६ हजार सात सय दुई स्वाब नमुनाको परीक्षण गरिएको थियो । जसमध्ये १६ हजार एक सय ३१ नमुनाको परीक्षण पीसीआर विधिबाट र ७१ नमुनाको परीक्षण एन्टिजेन विधिबाट गरिएको हो ।