इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमितको उपचारका क्रममा ज्यान गएको छ ।

मृत्यु हुनेमा सप्तरीको सप्तकोसी नगरपालिका १ घर भएका ५० वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि पोख्रेलले जानकारी दिए । उनका अनुसार वैशाख १३ गते संक्रमण पुष्टि भई सोही दिन उपचारार्थ प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा भर्ना भएका पुरुषको उपचारका क्रममा आज बिहान ५ः१५ बजे उपचारका क्रममा ज्यान गएको हो ।

मृतक पुरुष लामो समयदेखि हाइपरटेन्सन नामक मानसिक समस्याबाट ग्रस्त रहेको समेत सहप्रवक्ता पोख्रेलले बताए । मृतकको शव नियमानुसार व्यवस्थापन गरिने उनको भनाइ छ ।